भोजपुरी नायिका अञ्जली श्रीवास्तवले आत्महत्या गरिन्


 



मुम्बई
भोजपुरी नायिका अञ्जली श्रीवास्तवले आज आफ्नै घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी छन् ।

मुम्बईस्थित आफ्नै घरमा उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अञ्जलीका आफन्तले उनलाई फोन गर्दा नउठेपछि बुझ्न जाँदा उनी पंखामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्