भोजपुर नगरपालिका समृद्ध बनाउने यस्ता छन् गणेश श्रेष्ठका सपना
भोजपुर, असार ६
समृद्धि, समानता र सबल राष्ट्रको आधार
गाउँदेखि केन्द्रसम्म एमालेको सरकार ।
यही मुख्य नाराका साथ नेकपा (एमाले) स्थानीय तहको चुनावमा होमिएको छ । स्थानीय तहमा एमालेले समृद्ध गाउँ तथा नगर बनाउने छुट्टै घोषणा पत्र एंव प्रतिबद्दता पत्र पनि बनाएको छ ।
भोजपुर सदरमुकामस्थित भोजपुर नगरपालिकाको विकास र समृद्धिका लागि नेकपा (एमाले) ले आफ्ना योजनाहरु अघि सारेको छ ।
भोजपुर नगरपालिकामा एमालेले मेयरमा गणेश श्रेष्ठलाई उठाएको छ भने उपमेयरमा ममिता राईलाई उठाएको छ ।
अहिलेसम्म कुनै दलका उम्मेदवारले आफ्नो घोषणा पत्र सार्वजनिक गर्न नसकिरहेका बेला गणेश श्रेष्ठको टिमले दूरदृष्टि सहितको योजना बाहिर ल्याएपछि अन्य उम्मेदवारहरु तिलमिलाएका छन् ।
भोजपुर नगरपालिकामा एमाले उम्मेदवार गणेश श्रेष्ठको पल्लाभारी हुने स्थानीय मतदाता बताउँछन् ।
मेयरमा विजयी भएको पाँच बर्षभित्र प्रतिबद्दतामा उल्लेखित बुँदाहरु पुरा गर्ने मेयर पदका उम्मेदवार गणेश श्रेष्ठ बताउँछन् ।
भौतिक पूर्वाधार, विद्युत, शिक्षा, खेलकुद, कृषि, आर्थिक विकास लगायतका कुरालाई भोजपुर नगरपालिकामा एमालेका उम्मेदवारहरुले उच्च प्राथमिकता दिएका छन् ।
भोजपुर नगरपालिका समृद्ध बनाउने यी हुन् गणेश श्रेष्ठका सपना
१. भौतिक पूर्बाधारको विकास तर्फ
१.१ सडक
- नगरपालिका क्षेत्रको सबै वडा जोड्ने सडकहरु र नगरको चक्रपथ समेटेर सडक गुरुयोजना बनाउने र क्रमागतरुपमा कार्यान्वयन गरिने छ ।
- सबै वडाहरुबाट र छिमेकी गाउँपालिका सिमानाबाट नगरपालिका केन्द्र अथवा जिल्ला सदरमुकामसम्म बाह््रैमास आवत जावत सहज बनाउन मुख्य मुख्य सडकहरु पहिलो वर्ष स्तरउन्नत गरिनेछ । (वडा नं.१ भाम्राङ्ग जाने धापखर्क–बाह््रहागे सडक, वडा नं.२ को हेलौछा जाने सुन्तले –हेलौछा सडक, वडा नं.३ को सुन्तले –दावा वजार जोड्ने सडक, वडा नं.११ भोजपुर –आम्तेक र आम्तेक– श्यामशिला सडक आदि)
- नगरवासीले प्रत्यक्ष अनुभुत हुने गरी २ वर्ष भित्र शहरी क्षेत्रका मुख्य मुख्य धुले सडकहरुलाई स्तरउन्नत गरिने छ ।
- बसपार्कको उचीत ब्यवस्थापन गरि संचालनमा ल्याइने छ ।
- देउराली, बौद्धशान्ति गुम्बा, पोखरे स्कुल , किरात चोक देखि एयरपोर्टसम्मको सडक पहिलो वर्ष देखि नै स्तरउन्नत प्रारम्भ गरिनेछ ।
१.२. व्यवस्थित शहरीकरण
- नगरपालिकाको ब्यापार उन्मुख सघन शहरी क्षेत्रको बस्तीहरु (भोजपुर बजार क्षेत्र, टक्सार बजार र कोटडाडा, दावा बजार, भाम्राङ्ग बजार, सुन्तले र बागखोर) को विकास गर्न ३ महिना भित्र गुरुयोजना निर्माण गरी क्रमश सडक, ढल, बिद्युत, संचार, खानेपानी, सार्बजनिक शौचालय आदिको आधारभूत ब्यवस्था गरिने छ ।
- जिल्ला प्रहरी कार्यालयको प्रवेशद्धार अगाडिको दोबाटोदेखि नेकपा (एमाले) पार्टी कार्यालय अगाडि सम्मको सडकको देब्रे साइडमा सटरवाला ब्यवसायीक भवनहरु निर्माण संगै टुडीखेल मैदान बिस्तार गरी प्याराफिट निर्माण गरिने छ ।
- शहरी क्षेत्र र शहर उन्मुख क्षेत्रमा ब्यवस्थित र सुरक्षित बसोवास सुनिश्चित गर्न मापदण्डयुक्त भवन निर्माणलाई सबैको पहुँचभित्र पारिनेछ ।
- ९ महिना भित्र सदरमुकामको शनिबारे हटिया, गुप्तेश्वरको शुक्रबारे हटियाको सुबिधायुक्त ब्यवस्थापन गरिने छ र अन्य वडाहरुमा पनि हटिया लाग्न सक्ने ठाउँहरुको पहिचान गरी हटिया लगाउन पहल गरिने छ ।
- सदरमुकाम क्षेत्रमा ७५० सिट क्षमताको आधुनिक सभा भवन निर्माण सम्पन्न गरिने छ ।
१.३. बिद्युतिकरण , सडक बत्ती र सौर्य उर्जा
- नगरपालिकाको सबै वडाहरुमा दुइ वर्ष भित्रमा विद्युत सेवा विस्तार पुरा गरिने छ । हाल भएका काठका खम्बा हटाएर फलामे खम्बाको व्यवस्था गरिनेछ ।
- शहरीकरण भएका क्षेत्रहरुमा जनताको सहभागितामा सौर्य सडक बत्तिको ब्यवस्थापन गरिने छ र तत्काल बिद्युत सेवा पुग्न नसक्ने घरधुरीहरुमा सहुलियत दरमा सोलर बत्तिको सेवा उपलब्ध गरिनेछ ।
- नगरपालिका क्षेत्रभित्र रहेका पुराना तथा नयाँ जलविद्युत परियोजनालाई संचालन गर्न प्रोत्साहन गरिनेछ ।
१.४.पर्यटकिय स्थल विकास
- भोजपुर सदरमुकामलाई पर्यटकिय दृष्टिले हब सेन्टर को रुपमा विकास गर्न वस्तुगत अवस्था अध्ययन गरी गुरुयोजना बनाएर कार्यान्वयन गर्न प्रारम्भ गरिनेछ ।
- नगरपालिका क्षेत्रको होटल ब्यवसायीहरुलाई आवश्यक पर्यटक भित्र्याउने सिप र दक्षताको विकासमा सहयोग गरिनेछ ।
- प्राकृतिक मनोरम क्षेत्र सुन्तले आसपासको सामुदायिक जंगलमा जंगली जिवजन्तुको बसोवासको ब्यवस्था गरी संरक्षित क्षेत्र बनाइनेछ र उच्च स्थलमा भ्यूटावर निर्माण गरिनेछ ।
- धार्मीक पर्यटकलाई आकर्षित गर्ने गरी सिद्धकाली मन्दीर , नेपालको प्रथम थेरवादी बौद्ध विहार टक्सार,सरस्वती गुफा टक्सार, लगायतको मन्दिर ,गुम्बाहरु, साकेलाथानहरु ,देवालीथान आदि धार्मिकस्थलहरुको उचीत संरक्षणको व्यवस्थापन गर्दै त्यस आसपासका क्षेत्रमा भौतिक पूर्वाधार विकास योजना तयार पारी कार्य संचालन गरिने छ ।
- भोजपुर सदरमुकामको कैलाश डाँडामा हालसम्मको सबैभन्दा अग्लो शिवको मुर्ति स्थापना गरी डाँडालाई दर्शनिय स्थलको रुपमा विकसित गरिने छ ।
- आन्तरिक तथा वाह्य पर्यटनलाई आकर्पित गर्नको लागि नगरपालिकाको संम्भाव्य वडाहरुमा होमस्टे संचालनको क्षेत्र पहिचान गरी त्यहाँका समुदायलाई सीप , दक्षता वृद्धिको व्यवस्था गर्ने । होमस्टे संचालन गर्नको लागि दर्ता शुल्कमा आधा छुट गरिने छ । पहिलो वर्षमा वडा नं. ५ बोखिमको आहाले टोलवस्तीबाट कार्य प्रारम्भ गरिने छ ।
- भोजपुर विमानस्थलको धावन मार्ग विस्तार गर्न सरकारसंग कार्यवाही पहिलो वर्ष देखि नै प्रारम्भ गरिने छ ।
- भोजपुरको समग्र पर्यटकीय क्षेत्र र त्यहाँसम्म पर्यटकको पहुच वृद्धिगर्न सम्बन्धित नगरपालिका , गाउँपलिकाहरुसंगको सहकार्यमा गुरुयोजना तयार गरिनेछ ।
१.५. युवा तथा खेलकुदको विकास कार्यक्रम
- नगरपालिकाको वडाहरुमा हुर्कीरहेको सम्पूर्ण युवाशक्तिलाई रुची अनुसारको विषयमा दक्षता प्रदान गरी व्यबसाय उन्मुख गर्न प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिइभिटि)बाट तालिम संचालन गरिनेछ ।
- जिविसले खरिद गरेको जग्गामा राष्ट्रिय स्तरको खेलकुद संचालन हुनेगरी पहिलो वर्ष देखि नै रंगशाला निर्माण प्रारम्भ गरिने छ । साथै नगरपालिका भित्रका अन्य खेल भैदानहरु, कभर्डहलको स्तर उन्नति पहिलो वर्ष देखि नै क्रमश शुरु गरिनेछ ।
- खेलाडीहरुको उत्पादन तथा विकास गर्न वडा स्तरमा खेल मैदानको व्यवस्था गर्दै लगिने छ ।
- प्रदेश ,राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्ने नगर भित्रका खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिनेछ । साथै राष्टियस्तरका खेलाडीहरुको वृत्ति विकासको लागि विशेष कार्यक्रम तयार गरिनेछ ।
- ब्याडमिन्टन खेलमा भोजपुरले राखेको कीतर््िामानलाई कायम राख्दै यसको अभिवृद्धीमा बिशेष जोड दिइने छ ।
१.६. औद्योगिक क्षेत्रको घोषणा
- सास्कृतिक एवं औद्योगिक क्ष्त्रको रुपमा चिरपरिचित ऐतिहासिक टक्सार बजारलाई यसको मौलिकता जगेर्ना गर्दै औद्योगिक क्षेत्रको रुपमा बिकास गर्न सरोकारवालाहरुसंगको बृहत सहकार्यमा दीर्घकालीन योजना बनाई कार्य संचालनमा सुरुवात गरिनेछ ।
- नगरपालिका क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग आसपासमा आन्तरिक तथा बाह्य लगानीकर्ता आकर्षित गर्न उद्योग स्थापना भएको ५ वर्ष सम्म आय करमा बिशेष छुट दिइने छ ।
- स्थानिय सीप, प्रबिधि र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रबद्र्यन गर्ने उद्यमीहरुलाई बिमा प्रिमियममा आर्थिक सहयोग , आयकर तथा निकासी करमा सहुलियत प्रदान गर्नुका साथै उत्कृष्ट उद्यमी पुरस्कार को व्यवस्था गरिने छ ।
- जिल्लालाई नै चिनारी दिने खुकुरी उद्योग ,धातुका सामाग्री,हस्तकला उद्योगका लागि चाहिने कच्चा पदार्थ आयातमा सहयोग गरिनुका साथै आयकर तथा निकासी करमा सहुलियत प्रदान गर्ने र उत्कृष्ट उद्यमी पुरस्कार को व्यवस्था गरिने छ ।
- नागरिकमा कर तिर्ने बानीको विकास गरिने छ र नगरपालिकाको विकास,समृद्धि, आर्थिक नीति निर्माण,साधन श्रोत परिचालन र त्यसको प्रतिफलको वितरणको निर्णय प्रकृयामा नगरवासीको स्वामित्व सुनिश्चित गरिने छ ।
- जसले धेरै कर तिर्नेछ उसले धेरै सुबिधा र सम्मान पाउने छ भन्ने नीति लागु गरिने छ ।
२. शिक्षाको क्षेत्रको सुधार
- भोजपुर नगरपालिकालाई शैक्षिक केन्द्रको रुपमा विकास गरिनेछ ।
- सबै वडामा निरक्षरता उन्मुलन कार्य सम्पन्न गरिनेछ ।
- गर क्षेत्रभित्रको बिद्यालय भवनको सुविधायुक्त ब्यवस्थापन गरिनेछ । छात्रा तथा अपाङ्ग मैत्री चर्पी को व्यवस्था बढाईने छ । विद्युत उपलब्ध भएका विद्यालयहरुमा विद्युतीय माध्यमबाट पनि शिक्षण गर्न सकिने व्यवस्थाका साथै सि सि टि भी क्यामेराको व्यवस्थापनमा सहयोग गरिने छ । विद्यार्थीहरुका लागि ल्यापटप प्रोजेक्ट को व्यवस्था गरिनेछ ।
- आधारभूत र माध्यमिक शिक्षामा गुणस्तर बृद्धि गर्न दक्षतायुक्त विषयगत शिक्षक राख्न प्रोत्साहन गरिनेछ । शैक्षिक क्षेत्रमा भएको लगानी र प्रतिफललाई मध्यनजर राख्दै विद्यालयको सहकार्यमा आवश्यक नीति तर्जुमा गरी कार्यान्वयनमा सहकार्य गरिने छ ।
- भोजपुर बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा समयानुकूल विषयहरु पठन पाठनको लागि नयाँ प्रोग्राम थप गर्न पहिलो वर्ष देखि नै पहल गरिने छ ।
- नगरपालिका क्षेत्रमा कृषि तथा मेडिकल कलेजको संम्भाब्यता अध्ययन गरी लगानी आकर्षित गरिने छ ।
- नगरपालिका क्षेत्रमा प्राविधिक जनशक्ति तयार गर्न भोजपुर नगरपालिका क्षेत्रमा रहेको सुम्नीमा पोलीटेक्नीक इन्टीच्युटमा कृषि, सिभिल इञ्जीनियरका अतिरिक्त अ.हे.ब.,स्टाफनर्स, ल्याव टेक्नीसियनको थप फ्याकल्टी संचालन गरि जनजाती र दलित गरिव वर्गका पहुँच बृद्धि गर्न गरीव तथा जेहेन्दार छात्रबृती , महिला , दलित तथा जनजाति छात्रवृत्ति साथै आरक्षण सिटको उचित ब्यवस्था गरिने छ ।
- पढाई छाडी बसेका युवा तथा विद्यार्थीहरुलाई रोजगारमुलक सीप प्रदान गरी अर्धदक्ष तथा दक्ष जनशक्तिको विकास कार्यक्रममा विशेष जोड दिइने छ ।
३. स्वास्थ्य ,खानेपानी र सरसफाई क्षेत्र
- जिल्ला अस्पतालको भवन निर्माण सम्पन्न संग संगै लाई ५० बेडको स्तरमा विकास गरी संचालन, ब्यवस्थापनको प्रवन्ध गरिने छ ।
- जिल्ला अस्पतालमा रहेको प्रसूति कक्षलाई प्रभावकारी रुपमा निरन्तर सेवा उपलब्ध गराउनमा विशेष जोड तत्कालै गरिनेछ । अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाहरुका लागि प्रोत्साहन स्वरुप थप सहयोग प्रदान गरिनेछ ।
- एम्बुलेन्स सेवालाई प्रभावकारी र बिस्तार गरिनेछ ।
- नगरपालिका क्षेत्र भित्र रहेका सबै स्वास्थ्य चौकिहरुमा आवश्यक जनशक्तिको आर्पूिर्त र साधनको ब्यवस्थापन गरी सुविधा युक्त बनाईने छ ।
- सबै नगरवासीहरुलाई अनिबार्य स्वाथ्य बीमामा आबद्ध गरिने छ ।
- नगरपालिकाका सबै घरमा शौचालयको ब्यवस्थाका साथै उचीत साधन र प्रविधिको प्रयोग गरी सबै घरलाई धुवामुक्त घोषणा गरिने छ ।यसका लागि घरपरिवार र नगरपालिकाको सहकार्य रहने छ ।
- सार्वजनिक शौचालयको निर्माण प्रारम्भ गरिनेछ ।
- नगरपालिका क्षेत्र भित्रका सबै वडाहरुमा स्वच्छ खानेपानीको सुबिधा चार वर्ष भित्र पुर्याईनेछ । सदर मुकामको पुरानो बजार र नयाँ शहरीकरण भएका क्षेत्रहरुमा ढलको उचित ब्यवस्थापन गरिनेछ ।
- जातिय सस्कार अनुसार गरिने दाह सस्कारको घाटको लागि उचित र दिगो ब्यवस्थापन गरिनेछ ।
४. कृषि क्षेत्र तर्फ
- नगरपालिकाको कृषि योग्य क्षेत्रहरुको भूगोल, माटो परिक्षण, हावापानी, तापक्रम आदी अध्ययन गरि ब्यवसायिक कृषि क्षेत्र घोषणा गरी लगानीको आधारमा उत्पादनमा बृद्धि गर्न (मौसमी, बेमौसमि तरकारी खेती, नगदे बालीमा अलैची, अदुवा खेती,चिराइतो फलफुलमा सुन्तला कागतीको बगैचा आदि) काम गरिनेछ । अदुवा प्रशोधान केन्द्र तथा कोल्ड स्टोर निर्माण गरिनेछ ।
- नगरपालिकाको कृषि योग्य क्षेत्रहरुमा एक वडा एक उत्पादन एक पहिचान को अवधारणा अनुसार नगरपालिकाको विकास गर्न विकास र सम्बृद्धिको गुरुयोजना तयार गरी कार्यान्वयन गरिने छ ।
- कृषिमा उत्पादकत्व बृद्धि गर्न ब्लक तथा पकेट क्षेत्र तयार गरि प्राबिधिक सहयोगका साथ कृषि औजार तथा यान्त्रिकीकरणमा अनुदान सहयोग गरिने छ ।
- अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्न त्यसको बीउ, मल र आवश्यक उपकरणमा कृषकलाई साठी प्रतिशत सम्म अनुदानको व्यवस्था गरिने छ ।
- नगरपालिका भित्रका सबै सिचाई आयोजनाहरु सुचिकृत गरिनेछ र नगरपालिका र सम्बन्धीत उपभोक्ताको साझेदारीमा नहर निर्माण, मर्मत सम्भार र संचालनको ब्यवस्थापन गरि बर्षैभरी सिचाई सुबिधा उपलब्ध गराइने छ । ५ वर्ष भित्र नगरपालिका भित्र कृषि योग्य भूमिमा सिचाईको सुविधा पु¥याउने गरि आयोजना संचालन गरिनेछ ।
- नगरपालिका क्षेत्रभित्रका कुनै पनि ठाउँ खाली नराख्न कृषकहरुलाई अम्रिसो रोपणमा प्रोत्साहन स्वरुप विरुवा प्रदान गरिनुका साथै त्यसको संरक्षणको लागि अनुदान पनि दिने नीति लिईने छ ।
- कृषकलाई ब्यवसायिक तालिम र अवलोकन भ्रमण गराई सिप र क्षमता बृद्धि गराइनेछ ।
- ब्यवसायिक युवा कृषक कार्यक्रम संचालन गरिनेछ ।यस अन्तर्गत परम्परागत उत्पादन बाहेकका आधुनिक फलपूmल जस्तै एबोकार्डो, किवी आदिको व्यवसायिक खेतीगर्न आवश्यक तालीम , अवलोकन भ्रमण र सामग्रीमा सहयोग गरिनेछ ।
- नगरपालिकाको उपयुक्त एउटा वडालाई उन्नत गाईको श्रोतकेन्द्र स्थापना गरिनेछ र उपयुक्तताको आधारमा अरु वडाहरुमा कुखुरा, भैसी, माछा, बंगूर आदि ब्यवसायिक फारम संचालन गर्न प्रोत्साहन स्वरुप आधुनिक गोठ निर्माणमा प्राविधिक सहयोग र सामाग्रीमा अनुदान प्रदान गरिनेछ ।
- पशु बिमाको लागि निम्न आय भएका कृषकलाई प्रिमियम मा सहयोग गरिनेछ ।
- युवा स्वरोजगारका लागि प्रोजेक्ट धितोमा ऋणको व्यवस्थामा सहयोग गरिनेछ ।
५. सामाजिक शुरक्षा तर्फ
- असक्त जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता निजका घरमानै उपलब्ध गराइने छ र भत्ता प्राप्त गरे नगरेको तथा बृद्धको अवस्थाको बारेमा जानकारी लिन आधुनिक संचार माध्यमको ब्यवस्था संचालन गरिने छ ।
- संरक्षणको अभावमा रहेका जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक आवास को उचित ब्यवस्थापन गरि संचालन गरिनेछ ।
- जेष्ठ नागरिकहरुका आमोद प्रमोदका लागि जेष्ठ नागरिक कल्याण केन्द्रको व्यवस्थापन क्रमशः गरिदै लगिनेछ ।
६. सुशासन तर्फ
- योजना संचालनमा दिगो र गुणस्तरियतामा सुनिश्चितता गर्न नियमित अनुगमन , गुणस्तरको जाँच प्रणाली र गुनासो सुनुवाईको व्यवस्था गरिनेछ ।
- नगरपालिकाको काम कार्बाही तथा विकास योजनामा पारदर्शिता कायम गर्न यसका गतिबिधिलाई जनसमक्ष विभिन्न संचार माध्यमबाट नियमित रुपमा प्रकाशित गरिनेछ ।
- हेलो नगरपालिका को सेवा संचालन गरि जनताबाट सहजै गुनासो प्राप्त गर्ने र समयमानै समस्याको समाधान गरिने पद्धती स्थापित गरिनेछ । यसमा फोन गर्नेको शुल्क लाग्नेछैन ।
- सबै बिद्यालय, कार्यालय, स्वास्थ्य चौकि, सेवाकेन्द्रमा निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराइने छ ।
- स्थानिय जनताले बुझाउनु पर्ने विद्युत, खानेपानी, टेलिफोनको विल, शैक्षिक शुल्क लगायतका शुल्कहरु विद्युतिय प्रणालीका माध्यमबाट बुझाउन ब्यवस्था गरिने छ ।
- नगरपालिका क्षेत्रमा संचालित संचारमाध्यमहरुलार्ई दिगो संचालनको लागि मदत गरिने छ ।
७. जाति, भाषा, सस्कृतिको संरक्षण
- नगर भित्रको सबै जात जाती, भाषा भाषी र धर्म सस्कृतीको संरक्षण सम्बर्धनमा सहयोग गरिनेछ ।
- अध्ययन र अनुसन्धान साथै पर्यटकलाई लोभ्याउने गरी सबै जातीको सस्कार, सस्कृती र भाषा साहित्य, संगीतको संरक्षणमा प्रोत्साहन गर्दै यस क्षेत्रमा “साँस्कृतिक संग्रहालय” स्थापना गरिनेछ ।
- नगरभित्रका सबै जातजातीको आस्थाको धरोहर मठमन्दीर, देवालय, गुठी, चैत्य, गुम्बा, साकेला थान आदिको नगर स्तरिय प्रोफायल तयार गरी संरक्षण, सम्बर्धन गरिने छ ।
- लोपोन्मुख जाति, भाषा, संस्कृतिको संरक्षण र संबर्धनका लागि विशेष सहयोग गरिनेछ ।
- नेपाली भाषाका अतिरिक्त नगरपालिका भित्र बोलिने प्रमुख ३ वटा मातृभाषामा नगरपा लिकाको गतिविधि कार्यक्रम प्रशारण गरिनेछ ।
- मातृभाषामा स्थानीय स्तरमा निर्माण गरिने वृत्त चित्र, चलचित्र,म्यूजिक भिडियो,गीति अल्बम,पुस्तक पत्र पत्रिका प्रकाशनलाई प्रोत्साहित गरिनेछ ।
८ शान्ति सुरक्षा सम्बन्धी व्यवस्था
- प्रशासन र सुरक्षा निकायसंगको समन्वयमा आवश्यक स्थानमा प्रहरी बिट स्थापना गरिने छ ।
- सुरक्षाका दृष्टिले संवेदनशील स्थानमा सि सि टि भी क्यामेरा जडान गरिनेछ ।
- नशाजन्य पेय पदार्थ बिक्री बितरणलाई व्यवस्थित गरिनेछ ।
- बजार क्षेत्र भित्र सवारी साधनको गतिको सिमा निर्धारण गरिने छ ।
९ गरीब ,महीला , दलित तथा जनजाति विशेष कार्यक्रम
गरीब ,महीला , दलित तथा जनजातिका लागि विशेष कार्यक्रम अन्तर्गत कानुनी शिक्षा, संविधान सम्बन्धी आधारभुत शिक्षा, विभिन्न सेवा प्रदायक निकाय र सेवा प्राप्तीको जानकारी ,आधारभूत कम्प्यूटर शिक्षा, लोक सेवा आयोग परीक्षा सम्बन्धी तयारी कक्षा विशेष सहुलियतका साथ संचालन गरिने छ ।
महिला हिंसा, बलात्कार , यौन शोषण जस्ता अपराधको अन्त्यको लागि नगरपालिकामा सहायता कक्ष को व्यवस्था गरिनेछ ।
१० बाल विकास कार्यक्रम
बाल बालिकाको समग्र विकासको लागि बालक्लब , बाल विकास केन्द्रको सुसंचालन व्यवस्थापन गरिनेछ ।
हरेक विद्यालयमा बालमैत्री शिक्षा र बालमैत्री वातावरणमा जोड दिइनेछ ।
बाल बालिकाको लागि सबै वडाहरुमा बाल उद्यान ५ वर्ष भित्रमा गर्न पहिलो वर्ष देखि नै क्रमश कार्यक्रम संचालन गरिने छ ।
बालश्रम, बाल यौन शोषणको पूर्णत अन्त्यको लागि आवश्यक सहयोग गरिनेछ ।
११ वन , वातावरण संरक्षण र संम्बर्धनः
वन समुह तथा वन कार्यालय संगको सहकार्यमा जिल्लाको वन क्षेत्रलाई अधिकतम उपयोगी बनाईने छ ।
व्यवस्थित वन समृद्ध जीवन भन्ने भनाई लाई सार्थक बनाउन वनको स्तर उन्नति, बृक्षा रोपण ,गैर काष्ठ वन पैदावरको उत्पादन (खोटो, जडीबुटी आदि)मा विशेष जोड दिइ समुदायको आर्थिकमा सुधार ल्याइने छ । उपयुक्त वनहरुमा जडीबूटी उत्पादन क्षेत्र को रुपमा बिकसित गरिनेछ ।
उपरोक्त योजनाहरु कार्यान्वयन गर्न देहाय बमोजिमको आर्थिक श्रो्तहरु प्रिचालन गरिनेछ —
१. केन्द्रीय र प्रादेशिक सरकारको बजेट
२. नगरपालिकाको आन्तरिक श्रोत
३ स्थानीय स्तरका सेवा प्रदायक सरकारी कार्यालयहरु
४ बैंक, सहकारी संस्थाहरु अन्य वित्तिय संस्थाहरु
५ स्थानीय तथा राष्ट्रिय र अन्तराष्ट्रिय सामाजिक विकास सस्थाहरु
६. देश भित्र तथा बाहिर रहेका यस नगरपालिकासंग सम्बन्धित संघ संस्थाहरु
७. बैक, बित्तिय सस्थाहरु र सहकारी संस्थाहरु
८. निजि क्षेत्रका उद्यमीहरु, सामुदायिक संस्थाहरु
प्रकाशित मिति: ६ असार २०७४, मंगलबार
















