अर्काकी श्रीमती चोर्ने जात्रा


 


bichitraअफ्रिकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे नामको एउटा जनजाति अनौठो जात्रा मनाउँछ । हरेक वर्ष आयोजना हुने गेरवोल जात्राका क्रममा त्यहाँका पुरुष खुबै श्रृंगारपटार गर्छन् र महिलालाई रिझाउँछन् ।

उनीहरूको लक्ष्य खासगरी विवाहित महिला हुन्छन् । पुरुषहरू महिलाको मन जित्न अनेकौँ हर्कत पनि गर्छन् । यो जनजातिका पुरुष हरेक समय आफूसँग ऐना बोकेर हिँड्ने गर्छन् पनि भनिन्छ ।

जात्रामा आफ्ना पतिलाई छलेर विवाहित महिला श्रृंगार गरी आएका पुरुषलाई हेर्छन् र मन पर्‍यो भने उनीहरूसँग भाग्छन् । यदि कुनै विवाहिता महिला पुरुषसँग भाग्न सफल भएमा उक्त समुदायका मानिस उनीहरूबीच विवाह गरिदिन्छन् ।

यो जनजाति सहेल रेगिस्तानका अलावा अफ्रिकाका देशहरू नाइजर, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिजन र नाइजेरियामा पनि पाइन्छन् । जात्राका क्रममा नाचगानको पनि व्यवस्था हुन्छ ।

अरू वेलामा छरिएर बस्ने यो जनजाति जात्राको क्रममा एकजुट हुन्छ । उनीहरू जात्राको कार्यक्रम सकेसम्म गोप्य राख्छन् । जात्राका क्रममा एउटा विशेष नाच पनि हुन्छन् जसमा पुरुष नाच्छन् र तीन महिला निर्णायक उनीहरूको एकल प्रदर्शनको मूल्यांकन गर्छन् ।

एजेन्सी

प्रकाशित मिति: २४ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्