रोकी राखेको कारमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु
इटहरी, असार ७
इटहरी उपमहानगरपालिका २० बरगाछीमा रोकी राखेको कारमा मोटरसाइकल अनियन्त्रित भई ठोकिँदा आज दिउँसो एकजनाको मृत्यु भएको छ ।
धरानबाट इटहरीतिर आउँदै गरेको को ८ प ४९५९ नम्बरको मोटरसाइकल बा ८ च १८५ नम्बरको कारमा ठोक्किदा मोटरसाइकल चालक सुनसरी रामधुनी–८ का २५ वर्षीय पुरुषोत्तम अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्रहरी चौकी तरहराले आफ्नै सवारी साधनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपछि उनको उपचारका क्रममा मृत्यु भएको हो । रासस
प्रकाशित मिति: ७ असार २०७४, बुधबार
















