राजेन्द्र धनाडीले कसलाई भेट्दैछन् ‘१२ बजे राति’ (भिडियोसहित)


 



धनगढी, असार ८
सञ्चारकर्मी तथा लोकदोहोरी गायक राजेन्द्र धनाडीले आफ्नो चौथो तथा पहिलो कमेडी लोकदोहोरी एल्बम ‘१२ बजे राति’ बजारमा ल्याएका छन् ।

धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै धनाडीले म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । धनाडीकै शब्द तथा स्वर रहेको एल्बममा उनलाई गायिका लक्ष्मी देवकोटाले स्वरमा साथ दिएकी छन् । गीतमा हरि थापाले संगीत दिएका छन् ।

बिक्रम चौहानको निर्देशन र बासु बरालको छायांकनमा निर्माण भएको म्युजिक भिडियोमा चर्चित तथा लोकप्रिय हास्य कलाकार सुरबिर पण्डित (दाह्री बा), मोडेल सुरज रावल र लक्ष्मी देवकोटाले अभिनय गरेका छन् ।

मारुनी डिजिटल रेकर्डिङ स्टुडियो काठमाण्डौबाट रेकर्ड भएको कमेडी भिडियोलाई ‘वान वे फिल्मस प्रा.लि.’ काठमाण्डौले बजारमा ल्याएको हो । लोक दोहोरी क्षेत्रमा आफनो पाइला चाल्दै गरेका गायक धनाडीले यसअघि ‘मेरै दिलमा छौ’, ‘भेटाइ देउन मेरी मायालु’ र ‘चोटै चोटको जिन्दगी’ नामक लोकदोहोरी गीत बजारमा ल्याइसकेका छन ।

धनगढीस्थित रेडियो सुदूर सन्देशमा कार्यरत धनाडीको तीज गीत ‘लाहुरेको छोरो’ बजारमा आउने तयारीमा छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति: ८ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्