Deshko News
१६ आश्विन २०८०, मंगलबार

गृह शान्तिका लागि भन्दै बुवाले काटे छोरीको कान




नयाँदिल्ली, असार (एजेन्स)
भारतको शाहदरा जिल्लाको जीटीबी एङ्कलेव इलाकामा एक व्यक्तिले घरको शान्तिको लागि भन्दै आफ्नो तीन वर्षीया छोरीको कान काटेका छन् ।

गृह शान्तिका लागि भन्दै आरोपी बालिकाको बली दिने तयारी पनि गरिरहेका थिए । उनी नेपाली भएको भारतीय प्रहरीले जनाएको छ। सो कुरा उनकै अर्की ११ वर्षीया छोरीले देखेर कराउँदै गुहार माग्दा घटना बाहिर आएको थियो ।

घटना बाहिर आएपछि आरोपी अमृतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई चक्कुसहित पक्राउ गरेको हो । यता काटिएका दुईवटै कान लिएर बालिकालाई जीटीबी अस्पताल पुर्याइएको छ । भारतीय प्रहरीका अनुसार उनी नेपाली नागरिक हुन् ।

उनी परिवारसंगै ताहिरपुर, जीटीबी एंक्लेव इलाकामा बस्दै आएका छन् । तर, उनी नेपाल कुन ठाउँका हुन् भन्ने खुलेको छैन । उनको परिवारमा पत्नी मीना छन् र ११ वर्षीया छोरी छन् । करीब १० वर्षअघि दाई महकबहादुरको मृत्युपछि उनले आफ्नो भाउजु मीनालाई आफ्नो पत्नी बनाएका थिए ।

उनको दाईबाट मीनाका दुई छोरी अञ्जु, कमला र एक छोरा विकास छन् । जबकी अमृतबहादुरबाट अहिले एक बच्चा मात्रै छ । उनलाई तन्त्रमन्त्र विद्यामा विश्वास गरेको आरोप लगाइएको छ । प्राः उनी तान्त्रिककहाँ गइरहन्थे ।

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News