सलमान खानको फिल्मबाट शाहरुखको तस्बीर ‘लिक’, यसरी हुँदैछ भाइरल


 



मुम्बई
सलमान खानको स्टार फिल्म ‘ट्युबलाइट’ आज रिलिज हुँदैछ । जुन फिल्ममा शाहरुख र सलमान खानले २० वर्षपछि स्क्रिन सेयर गर्दैछन् ।

शाहरुखका तस्बीर पहिले नै ‘लिक’ भएका छन् । मिडिया रिपोर्टअनुसार शाहरुखले फिल्ममा एक जादुगरको भूमिका निर्वाह गरेका छन् । जादुगर हुलियासहितको तस्बीर बाहिरिएपछि अहिले निकै भाइरल भइरहेको छ । जसको सानो अंश ट्रेलरमा पनि देखाइएको थियो ।

सल्मानको यो फिल्म विश्वका ५ हजार ५५० स्क्रिनमा एकैसाथ रिलिज हुँदैछ। यअअघि बाहुबली–२ सबैभन्दा बढी स्क्रिनमा रिजिल भएको थियो । बाहुबली–२ विश्वका ९ हजार र भारतका ६ हजार ५ सय स्क्रिनमा रिलिज भएको थियो ।

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्