थुनामा रहेकी पत्रकार रिहा


 


बेइजिङ, असार २५

विदेशी मिडियालाई समाचार दिएको निहुँमा गएको करिब नौ महिनादेखि थुनामा परेकी एकजना चिनियाँ पत्रकारलाई शुक्रबार रिहा गरिएको छ।timthumb

उनले गतवर्ष विश्वकै ध्यानाकर्षण गराउनेगरी हङ्कङमा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा उक्त आन्दोलनको समाचार जर्मनीको एक म्यागेजिनलाई दिएकी थिइन्।

उनले आफू रिहा भएको समाचार शुक्रबार एएफपी समाचार समितिलाई जानकारी गराएकि हुन्। तर उनको वकिललाई भने अहिले पनि उनकै वकालत गरेका कारण थुनामा राखिएको छ ।

चिनियाँ पत्रकार जाङ मियाओलाई गत अक्टोबर महिनामा थुनामा राखिएको थियो । उनले जर्मनीको एक म्यागेजिनका लागि समाचार उपलब्ध गराएको बताइएको छ ।

उनले हङकङ्बाट त्यहाँको प्रजातान्त्रिक आन्दोलनका पक्षमा समाचार रिपोर्टिङ् गरेकी थिइन्। सो समाचार सङ्कलन गरी स्वदेश फर्किएलगत्तै उनलाई पक्राउ गरिएको बताइएको थियो।

उनको यस थुनाले विशेषगरी विदेशी सञ्चारमाध्यमका लागि कार्यरत चिनियाँ प्रतिनिधिमाथि सरकारको खतरालाई सङ्केत गरेको छ।

उनले जर्मनीको ह्याम्बर्गमा कार्यालय रहेको दिया जेइत नामक एक म्यागेजिनका लागि कामगर्ने गर्थिन्। उनले शुक्रबार आफू रिहा भएको र सुरक्षित रुपमा नै सार्वजनिक सवारीबाट घर फर्किन थालेको बताएकि छिन्।

उनका परिवारका सदस्य र भाईले भने शुक्रबार बिहानै उनका वकिल चाउ सिफेङ्लाई प्रहरीले पक्राउ गरी थुनामा राखेको जनाएका छन्।

राजधानीको होटलबाट उनका वकिललाई तीन प्रहरीले नियन्त्रणमा लिएर उनको टाउको छोपेर प्रहरी भ्यानमा हालेको पत्रकार मिआयोका भाईले बताएका छन्।

चीन सरकारले आफ्नो देशका सञ्चारमाध्यमहरुलाई निकै कडा निगरानी राख्ने गर्छ। चिनियाँ अधिकारीहरुले विदेशी सञ्चारका लागि कामगर्न चिनियाँ नागरिकलाई पनि प्रतिबन्ध लगाएका छन्।

तरपनि चीनमै बसेर विदेशी सञ्चारका लागि सहयोगीका रूपमा कामगर्न भने अनुमति दिएको छ । रासस/एएफपी

प्रकाशित मिति: २५ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्