सलमानको फिल्म ‘ट्युबलाइट’ ले पहिलो दिन कति कमायो ?


 


मुम्बई
सलमान खानको स्टार फिल्म ‘ट्यूबलाइट’ शुक्रबार रिलिज भएको छ । फिल्मको ओपनिङ खासै राम्रो हुन सकेन ।

एक रिपोर्टअनुसार थिएटरमा ५० प्रतिशत सिट मात्रै भरिएका थिए । जबकी सल्मानका कुनैपनि फिल्म हाउसफुल नै हन्थे । फिल्म ५ हजार ५०० स्क्रिन्सबाट रिलिज भएको थियो ।

फिल्मले पहिलो दिन २५ करोड कमाएको छ । यसपटक कुनैपनि रेकर्ड तोडन सकेन । मिडिया रिपोर्टकाअनुसार ‘ट्यूबलाइट’ ले पञ्जाबमा २.८० करोड, राजस्थानमा १.१० करोड र सेन्ट्रल इन्डियामा ८० लाख रुपैयाँ कमाई गरेको छ ।

पहलो दिनको कमाईअनुसार सलमान खानको यो फिल्म शाहरुखको फिल्म ‘रईस’ भन्दा पनि पछि परेको छ ।

प्रकाशित मिति: १० असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्