ज्वालामुखी विष्फोट हुँदा विमानस्थल बन्द


 


असार २५

ज्वालामुखी विष्फोट हुँदा इन्डोनेशियाका ५ वटा विमानस्थल बन्द भएका छन् । जाभाको पूर्वमा रहेको माउन्ट रउन्ङ्गमा ज्वालामुखी बिस्फोट भएपछि डेन्पसरसँगै लोमबोर्क, सेलापराङ्ग, ब्लीम्बिङ्गसारी, इस्ट जाभा र नोटोहाडिनेगोरो विमानस्थल बन्द भएको बिबिसीले जनाएको छ ।

एक हप्तादेखि ज्वालामुखी बिस्फोटपछि निस्किएको धुँवा र खरानीका कारण भिजिविलिटी कम भएपछि सबै उडान रद्द गरिएको थियो । तर उडान स्थगित गरेर मात्र समस्याको समाधान हुने नदेखिएपछि अहिले विमानस्थल नै बन्द गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

इन्डोनेशिया अष्ट्रेलियाका नागरिकको लागि घुम्न जाने मुख्य गन्तव्य हो ।

प्रकाशित मिति: २५ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्