मोदी अमेरिका पुगेपछि ट्रम्पले पाकिस्तानलाई यसरी सम्झाए


 



एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसंग सम्बन्ध बनाउँदैमा पाकिस्तानसंग खराब सम्बन्ध बनाउन नखोजेको बताएका छन् ।

ट्रम्पले व्हाइट हाउसले दुबै देशसंग बराबर सम्बन्ध राखेको बताए । ट्रम्प प्रशासनका एक वरिष्ठ प्रशासकले ह्वाइट हाउसको रणनीति एकदम स्पष्ट रहेको र सबै देशसंग मिलेर अगाडि बढ्न चाहेको बताएका छन् ।

उनले विश्व समुदायमा भारतको भूमिका र बढ्दै गएको प्रभावलाई देखेर कूटनीतिक साझेदारीका साथ अगाडि बढिरहेको बताए ।

त्यस्तै, उनले पाकिस्तानसंग एक उपयोगी साझेदारीको खोजी गरिरहेको बताए । ह्वाइट हाउसले दुई देशबीच सम्बन्धको प्रकृति फरक भएपनि अमेरिका दुई देशसंगै अगाडि बढ्न चाहिरहेको बताएको छ ।

प्रकाशित मिति: ११ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्