Deshko News
१४ आश्विन २०८०, आइतबार

यसकारण टुटेको थियो अभिषेक र करिश्माको ‘इङ्गेजमेन्ट’



मुम्बई
एक दशक अघिकी चर्चित हिरोइन करिश्मा कपूर अहिले ४३ औं जन्मदिन मनाउँदैछन् । उनी अहिले पनि बलिउडमा सिल्भर स्क्रीनमा छाइरहेकी छन् । कपूर खानदानबाट बाहिरिएपछि उनलाई बलिउडमा स्थान बनाउन धेरै स्ट्रगल गर्नुपर्यो ।

करिश्माको विहे अघिको अन्तिम फिल्म ‘बाज : अ बर्ड इन डेन्जर’ हो । जुन फिल्म सन २००३ मा रिलिज भएको थियो ।

सन २०१३ मा सञ्जसंग सम्बन्ध विच्छेदपछि उनी अहिले सन्दिप तोशनिवालसंगको प्रेममा फसेको खबर बाहिर आएको छ । दुबै छिटै नै विहे गर्ने तयारीमा रहेको बताइएको छ ।

अब करिश्माको जन्म दिन नजिँदै छ। त्यसमा अभिषेकको कुरा जरुर आउने छ । सञ्जयसंग विहे हुनुभन्दा पहिले करिश्माको इङ्गेजेमेन्ट अभिनेता अभिषेकसंग भएको थियो । जुन इङ्गेजमेन्ट अभिषेकको जन्म दिनमा भएको थियो । तर, अचानक उनीहरुको सम्बन्ध टुट्न पुग्यो ।

अभिषेककी आमाले हुनेवाली बुहारीले फिल्म नखेलोस् भन्ने चाहेकै कारण उनीहरुबीच सम्बन्ध रहन नसकेको बुझिन्छ। पछि करिश्माले सञ्जय कपुरसंग विहे गरिन् । सञ्जयको त्यो दोस्रो बिहे थियो । अहिले फेरि सञ्जयले प्रिया चटवालसंग तेस्रो विहे गरेका छन् ।

प्रकाशित मिति: ११ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News