Deshko News
१३ आश्विन २०८०, शनिबार

भियतनामद्वारा कर नतिर्ने व्यबसायीको फेसबुक खाता बन्द गरिने



भियतनाम,  असार १३

भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजीक सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।

भियतनामी कर निभाग कार्यालयले कर आफू मातहतका राष्ट्रभर रहेका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ ।

कर कार्यालयका अनुसार राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी डोङ अर्थात् चार हजार चारसय अमेरिकी डलर भन्दा बढी कर प्रत्येक महिना छली भएको यहाँको दैनिक ट्रोइ ट्रे पत्रिकामा जनाएको छ ।

“हामी फेसबुक कारोबार बन्द गर्न चाहन्नौ तर यदि अनलाइन व्यापारीले कर तिर्न अटेर गरिरहेमा उक्त कारबाहीका लागि पनि बाध्य हुनेछौं,” कर अधिकारीले सञ्चारकर्मीसँग बताए ।

हनोइ कर विभागले हालैमात्र मुलुकभरका १३ हजार ५०० फेसबुक मार्फत कारोबार गर्ने व्यवसायीलाई पत्राचार गरेको र करको दायरामा आउन भनेको जनाएको छ । विभागका अनुसार देशभर १७ हजार व्यवसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन् । रासस

प्रकाशित मिति: १३ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News