Deshko News
१४ आश्विन २०८०, आइतबार

यी व्यवहारले बोल्छ युवतीको मनको कुरा



युवती धेरै कुराहरु मनमा लुकाउने खालका हुन्छन् । उनीहरुको इशाराले मात्रै मनको कुरा बुझ्नुपर्ने हुन्छ । कम कुरा बताउँछन् त धेरै लुकाउँछन् । उनीहरु व्यवहार वा इशाराले मात्रै मनको कुरा भनिरहेका हुन्छन् । यस्तै :

सुरुमा प्रत्येक कुरा ‘शेयर’ गर्छन्

कुनै युवतीले घर होस् वा अफिसको कुरा सबैभन्दा पहिले तपाईलाई भन्छन्, भने सम्झनुहोस् उनी तपाईप्रति सकारात्मक छिन् । वा उनी तपाईलाई मन पराउँछिन् । तपाईको ध्यान आफूतर्फ तान्न चाहन्छिन् ।

तपाईको स्वास्थ्यको चिन्ता

कुनै युवतीले तपाईको स्वास्थ्यको बारेमा चिन्ता लिन्छिन् भने पनि उनी तपाईलाई आफ्नो बनाउन चाहन्छिन् । कुनै विराम भएमा अस्पताल गए नगएको बारेमा सम्झाई राख्छिन् ।

घरको बारेमा जानकार हुने इच्छा

युवती तपाईको घरको बारेमा सोधिरहन्छन् । तपाईको समस्या सोध्छिन् । घरको सबै परिवारको बारेमा जान्न चाहन्छिन् । समझिनुहोस् उनको मनमा तपाईका लागि ठाउँ खाली छ ।

कुनै युवाले पिछा गरेको कुरा

कुनै युवतीले आफ्नो पछाडि कुनै युवकले पिछा गरिरहेको कुरा बताउँछन् भने त यसबाट उनी तपाईप्रति कति नजिक हुन चाहन्छिन भन्ने कुरा थाहा हुन्छ । उनी तपाई बाहेक अरुलाई आफ्नो पछि परेको देख्न चाहँदिनन् ।

आफ्नो आफन्तसंग भेट गराउनु

युवती आफूलाई मन परेको केटालाई आफ्नो घर परिवारसंग भेटाउन चाहन्छ । कुनै युवतीले तपाईलाई आफ्नो घर परिवारसंग भेटाउन चाहन्छन् भने उनको मनको करा बुझ्न गाह्रो छैन ।

कुरा गर्दा गर्दै नजर जुझाउँछन

अफिस होस् वा कुनैपनि ठाउँमा कुनै युवती एक अर्कासंग कुरा गरिरहेको बेला पनि तपाईसंग नजर जुझाउँछन् वा चोरी चोरी हेर्छन् । यति तपाईसंगै कुरा गरिरहको बेला पनि नजर जुझाएरै कुरा गर्छन् भने पनि तपाई युवतीको लागि आम शुभ चिन्तिक भन्दा पनि खास हो ।

अरु युवतीको साथ देख्न चाहँदैनन्

यदि कुनै युवती तपाईलाई खास स्थान दिन्छन भने उनी तपाई अन्य केटीसंग नजिक भएको देख्न चाहँदैनन् । अन्य युवतीको प्रशंसा गरेको मन पराउँदैनन् । यी र यस्तै कुराहरुबाट युवतीको आफूप्रतिको भावना बुझ्न सकिन्छ ।

प्रकाशित मिति: १३ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News