बर्दियाका चार तहमा मतगणना सुरु, माओबादी केन्द्रको अग्रता
बर्दिया, असार १५
बर्दियामा मतगणना सुरु भएका चारवटै स्थानीय तहमा माओबादी केन्द्रको अग्ता देखिएको छ । जिल्लाका मधुवन नगरपालिका, ठाकुरवावा नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा मतगणना सुरु भएको छ ।
मधुवन नगरपालिकामा १ हजार मतगणना हुँदा नेकपा माओवादी केन्द्रले ३९४ मतका साथ अगाडि रहेको छ भने नेपाली काग्रेस ३४८ मत र नेकपा एमाले १३७ मत प्राप्त गरेको छ ।
नगरपालिकाको उपमेयरमा पनि माओवादिकै अग्रता देखिएको छ । यहाँ २१ हजार ७ सए ९० मत खसेको छ । बाँकी तीन तहमा पनि माओबादी केन्द्रको अग्रता रहेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिएका छन् ।
आठवटा स्थानीय तह रहेको बर्दियाका बाँकी तहमा ९ बजेपछि मात्रै मतगणना हुने मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।
प्रकाशित मिति: १५ असार २०७४, बिहिबार