भोजपुरका कुन-कुन गाउँपालिकामा मतगणना हुँदैछ, कुन-कुन बाँकी छ ?
भोजपुर, असार १५
भोजपुरका चार गाउँपालिकामा मतगणना धमाधम हुँदैछ भने दुई नगरपालिका र तीन गाउँपालिकामा मतगणनाको तयारी हुँदैछ । हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, अरुण गाउँपालिका र पौवादुंमा गाउँपालिकामा मतगणना धमाधम हुँदैछ ।
भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, ट्याम्के मैयुंङ गाउँपालिका र साल्पा सिलिछो गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन् । मतगणनाका लागि दुई नगरपालिकामा सर्वदलिय बैठक बसिरहेको छ भने गाउँपालिकाको पनि मतगणना तयारी भइरहेको छ ।
प्रकाशित मिति: १५ असार २०७४, बिहिबार
















