भोजपुर नगरपालिकामा एमालेको अग्रता
भोजपुर, असार १५
भोजपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार एमाले मेयरका उम्मदेवार गणेश कुमार श्रेष्ठले १९५ मत ल्याएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार शरणकुमार तामाङले १६६ मत कांग्रेस उम्मेदवार कैलाशकुमार आलेले १०२ मत ल्याएका छन् ।
नगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार ममिता राई २०२, माओवादीकी मनिका राई १६२ र कांग्रेसकी कृतिकुमारी कार्कीको ९७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: १५ असार २०७४, बिहिबार
















