षडानन्द नगरपालिकामा कस्को मत कति आयो ?



भोजपुर, असार १५
षडानन्द नगरपालिकाको मेयरमा कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार यहाँ कांग्रेसका उम्मेदवार बिरबल राईले ५८ मत ल्याएका छन् भने एमाले उम्मेदवार सुरेन्द्र उदासले ५७ मत ल्याएका छन् ।

माओवादी उम्मेदवार भिमबहादुर तामाङले २७ मत प्राप्त गरेका छन् । अहिले यहाँ वडा नं १ र १४ को मतगणना भइरहेको छ । यहाँ उपमेयरमा एमालेकी मेरिका राईले ६१, कांग्रेस सिता श्रेष्ठ ४८ र माओवादी केन्द्रकी प्रमिला तामाले ३२ मत ल्याएकी छिन् ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्