साल्पासिलिछो गाउँपालिकामा एमालेको अग्रता



भोजपुर, असार १५
भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेले अध्यक्ष उपाध्यक्षमा अग्रता कायम गरेको छ ।

एमालेका अध्यक्ष उम्मेदवार खगेन्द्र राईले ४१ मत प्राप्त गरेका छन् । कांग्रेस फोरम गठबन्धनका उम्मेदवार महेश राईले ३१ मत ल्याएका छन् भने माओवादी केन्द्रका उम्मेदवार रबिन्द्र अधिकारीले २८ मत ल्याएका छन् ।

त्यस्तै एमाले उपाध्यक्षका उम्मेदवार धनमाया राईले ३५ र गठबन्धन उम्मेदवार विरकुमार राईले १३ मत ल्याएका छन् ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्