ट्याम्के मैयुङ गाउँपालिकामा एमालेका धुर्ब राईको टिम विजयी
भोजपुर, असार १६
भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा नेकपा एमालेको टिम विजयी भएको छ । एमाले अध्यक्षका उम्मेदवार धुर्ब राईले २७९० मत ल्याएका छन् । उनको निकटतम प्रतिद्धन्द्धी रामसिंह राईले २६२० मत ल्याए । उपाध्यक्षमा एमालेकी इन्द्रवती रार्इले २७१८ मत ल्याइन उनका प्रतिद्धन्द्धी सरोज बस्नेतले २६९१ मत प्राप्त गरे ।
प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार
















