कोरियामा एक नेपालीको मृत्यु


 


सोल, असार २७

Gurungकोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट रोजगारीमा आएका कास्की लेखनाथ-१२ का भूमेश्वर गुरुङको आज बिहान ५ बजे मृत्यु भएको हो ।

आनसानमा रहेको छजाङछङइल नामक गाडीको पार्टपुर्जा बनाउने कम्पनीमा कार्यरत उनी शनिबार साँझ घुम्न गएर राति कोठामा फर्किएका थिए । राति सुतेको केही घण्टापछि श्वासप्रश्वासमा समस्या भएपछी उनीसँगै कार्यरत साथीहरुले अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याइएको ३० मिनेटपछि चिकित्सकहरुले गुरुङलाई मृत घोषणा गरेको थिए ।

सन् २००९ को अक्टोबरमा कोरिया आएका ३५ वर्षीय गुरुङले उक्त कम्पनीमा हप्तादिन अघिदेखि मात्र काम गर्न सुरु गरेका थिए । भिसा अवधि सकिएकाले उनी अवैधानिक हुन् । गुरुङको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने शव स्थानीय अस्पतालमा राखिएको छ । उनका श्रीमती १ छोरा र १ छोरी रहेकोसँगै काम गर्ने साथीहरुले बताएका छन् ।

प्रकाशित मिति: २७ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्