पाहुना गएकै ठाउँमा पहिरोले परिएर मृत्यु, आधा दर्जन घर जोखिममा


 



पोखरा, असार १८
कास्कीमा आएको अविरल वर्षासंगै आएको पहिरोले परिएर दुई जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको प्रस्याङ्गपाखामा एक बालकको र लामाचौरमा एक महिलाको मृत्यु भएको हो ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा न २८ प्रस्याङ्गपाखामा घरमाथिबाट खसेको पहिरोको डिस्कोले घर पुर्दा १४ बर्षीय टंक क्षेत्रीको ज्यान गएको छ ।

बिहान ४ बजेतिर आएको पहिरोले तारापति अधिकारीको दुई तले घर पुर्दा क्षेत्री पनि पुरिएका प्रहरीले जनाएको छ । स्याङ्गजा गल्याङ्ग ५ घर भएका उनी ठूलीआमाको घरमा पाहुना हुन आएका बेला पहिरोमा पुरिएका हुन् ।

पहिरो आएपछि घरका अन्य मानिस भाग्न सफल भएका कारण ज्यान बचेको कास्कीका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिका २८ सराङ्गकोटको मेथलाङ्ग डाँडाबाट वगेको पहिरो वडा नं ५ प्रस्याङ्गपाखासम्म आईपुग्दा आधा दर्जन बढि घर जोखिममा परेका छन् ।

त्यस्तै, महानगरपालिका १९ लामाचौरस्थित अकला मन्दिर नजिकै पहिरोले पुरिएर ३२ बर्षीया शोभा पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्