दोस्रो चरणमा निर्वाचित हुने पहिलो महिला नगर प्रमुख बनिन् मञ्जु



डोटी, असार १८
डोटीको पुरानो नगरपालिका दिपायल सिलगढी नगरपालिकाको मेयरमा एमालेकी मञ्जु मलासी निर्वाचित भएकी छन् । याेसंगै उनी दोस्रो चरणको निर्वाचन तथा दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला प्रमुख बनेकी छन् ।

मञ्जु मलासीले ४ हजार ४ सय १८ मत ल्याएर नगर प्रमुखमा निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बाजीसिंह खड्काले ४ हजार १ सय ५२ मत ल्याए । माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर नेपालीले जम्मा ७३७ भोट ल्याएर तेस्रो स्थानमा आए ।

उपमेयरमा पनि नेकपा एमालेकै शिवराज खड्का विजयी भएका छन् । उनले ४ हजार ५ सय ३६ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रशिष महराले ४ हजार ९३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News