धनगढीको मतगणनामा विवाद, दलहरुद्वारा बहिस्कार




धनगढी, असार १८
कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणनामा विवाद उत्पन्न भएको छ । वडा नम्बर १७ को मतगणनाका क्रममा एउटा बुथमा मुचुल्का भन्दा तीन मत बढी देखिएको र अर्को बुथमा मुचुल्का नै हराएपछि मतगणना कार्य रोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत धनसिंह महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि दलका प्रतिनिधिले मतगणना नै बहिस्कार गरेका छन् ।

मतगणना कार्य अगाडि बढाउनका लागि दलहरुबीच सहमतीको प्रयास भइरहेको छ ।

यसअघि पनि गणनामा जोडिएको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिस्कार गर्दा मतगणना रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News