दोस्रो चरणको निर्वाचन : एमालेको सतक पुग्यो, कांग्रेस पछ्याउँदै
काठमाडौं, असार १९
स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा भएको चुनावमा पनि नेकपा एमालेले अहिलेसम्म पहिलो स्थानमै छ । सोमबार विहानसम्म एमालेले एक सय भन्दा बढी ठाउँमा जित हात पारिसकेको छ ।
एमालेले २२३ वटा स्थानीय तहको नतिजा सार्वजनिक हुँदा १०० वटामा जित हासिल गरेको हो ।
नेकपा एमालेले सबैभन्दा धेरै प्रदेश नम्बर १ मा ४६ वटा स्थानीय तहमा जितेको छ । त्यस्तै प्रदेश नम्बर ५ मा २५ वटा र प्रदेश नम्बर ७ मा २९ वटा स्थानीय तहको प्रमुख र अध्यक्ष पद जितेको छ ।
कांग्रेसले भने ८८ वटा स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै, तेस्रो स्थानमा रहँदै माओवादी केन्द्रले ३१ वटा तहमा जितेको छ।
प्रकाशित मिति: १९ असार २०७४, सोमबार