कृष्ण सिटैलाको क्षेत्रमा राप्रपाको जित, अन्जार आलम बने प्रमुख



झापा, असार १९
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रबाटै राप्रपाले दोस्रो स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ । राप्रपाले झापाको कचनकवल गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा जितेर खाता खोलेको हो ।

राप्रपाका अन्जार आलम ५ हजार ८१६ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशीलाई ३८० मतअन्तरले पराजित गरे । राजबंशीले ५ हजार ४३६ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवार निनसरी राजवंशी विजयी भएकी छिन् । उनले ५ हजार ७९२ मत ल्याइन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै गीता ओडारी खरेललाई मतअन्तरले पछि पारिन् ।

अध्यक्षमा निर्वाचित आलम मुस्लिम आयोगका सदस्य थिए । निर्वाचनमा सहभागी हुन उनले त्यहाँबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News