धरान उपमहानगरमा मतान्तर बढाउँदै एमाले
धरान, असार १९
धरान उपमहानगरपालिकामा एमालेले मतान्तर बढाएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका तारा सुब्बा आफ्ना निटकतम प्रतिद्वन्द्वी कांग्रेसका तिलक राई भन्दा १ हजार २०० मतले अगाडि छन् ।
एमालेका सुब्बाले ७ हजार ८२ मत प्राप्त गरेका छन् भने कांग्रेसका राईले ५ हजार ८८२ मत प्राप्त गरेका छन् । यसअघिसम्म ३०० सयको मतअन्तर मात्रै थियो ।
त्यस्तै, उपमेयरमा पनि एमालेकै मञ्जु भण्डारी अगाडिछिन् । उनले ७ हजार ७६ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी श्यामा रेग्मीले ५ हजार ७८० मत प्राप्त गरेकी छन् । यहाँ माओवादी–संघीय समाजादी तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: १९ असार २०७४, सोमबार