विजेतालाई पुरस्कार वितरण


 


भोजपुर, असार २७

SAM_5931भोजपुरमा आयोजित नगरपालिकास्तरिय अन्तर मवि हाजिरीजवाफ प्रतियोगीताका विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ । हाजिरीजवाफ प्रतियोगीता शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले आयोजना गरेको थियो ।

प्रतियोगीतामा नगरपालिका आसपासका चार वटा विद्यालयको सहभागिता थियो । प्रतियोगीतामा विद्योदय उच्च मावि प्रथम, सिद्धकाली बोर्डिङ दोस्रो, युनिक एण्ड युनाइटेड तेस्रो र भोजपुर एकाडेमी सान्त्वना भएका थिए । 

उनिहरुलाई स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा सहभागिता जनाएका विद्यालयलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो ।

SAM_5934

 SAM_5936

प्रकाशित मिति: २७ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्