विषालु च्याउ खाँदा २१ जना बिरामी


 


धनगढी, असार २७

कैलालीको पहाडी क्षेत्र सहजपुर–२ बयँला गाउँमा विषालु च्याउ खाँदा पाँच परिवारका २१ जना बिरामी परेका छन् । गाउँ नजिकै रहेको जङ्गलबाट शनिबार दिउँसो टिपेर ल्याएको च्याउ बेलुका घरमा पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक सागर बोहराले जानकारी दिए ।

च्याउ खाएर बिरामी हुनेमा १० महिला, ६ बालक, ४ बालिका र एक युवक छन् । बिरामी हुनेमध्ये शान्ति थापा र ओम दर्लामी मगरको अवस्था गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै बोहराले बताए ।

इलाका प्रहरी कार्यालय फल्टुडेको टोलीले शनिबार राति नै सबै बिरामीलाई सेती अञ्चल अस्पताल धनगढीमा पुर्‍याएको थियो । रासस

प्रकाशित मिति: २७ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्