सूर्याेदयमा नगरपालिकामा एमाले विजयी



इलाम, असार २०

सूर्याेदय नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । आज सम्पन्न मतपरिणामअन्तर्गत नगरपालिका प्रमुखमा एमालेका रनबहादुर राई १२ हजार ९१९ मत ल्याएर विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमलाल चाम्लिङले १० हजार ३२९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा एमालेकै दुर्गा भट्टराई १२ हजार ८९० मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी वन्दना अधिकारीले नौ हजार ९९७ मत प्राप्त गर्नुभयो ।

यससँगै यहाँका १० वटै स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये इलाम, माई, देउमाई नगरपालिका र सूर्याेदय नगरपालिका तथा सन्दकपुर, माई जोगमाई र चुलाचुली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको छ ।

फाकफोकथुम र माङ्सेबुङ गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले तथा रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेसले विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News