छोराले अामाको हत्या गरे


 


महोत्तरी, असार २७

महोत्तरीको गौशालाका एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । गौशाला–७ का १८ वर्षका दिलिप सदाले ४५ वर्षकी करियादेवी सदाको हत्या गरेको प्रहरीले जनाएको छ ।

रक्सीले मातेका दिलिपले घरायसी विवादमा आमा करियादेबीलाई बेल्चाले प्रहार गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मछिन्द्रबाबु केसीले जानकारी दिए ।

टाउकोमा बेल्चा प्रहार गर्दा गम्भीर घाइते भएकी करियादेबीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । आमाको हत्या गर्ने दिलिपलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: २७ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्