Deshko News
१६ आश्विन २०८०, मंगलबार

अाइएसको पकडमा रहेको मोसुलमा इराकी सेना



इराक, असार

इराकको उत्तरी सहर मोसुलमा सरकारी सेनाले कारबाहीलाई सशक्त पारेपछि इस्लामिक स्टेट (आईएस) समूह मोसुलको अन्तिम पकड क्षेत्रमा ‘मृत्युसँग सङ्घर्ष’ गरिरहेको जनाइएको छ ।

इराकी सेनाको विशेष दस्ताका प्रमुख तथा सैनिक जनरल अब्देल घानी अल–असादीका अनुसार आफ्नो सेना विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र टिग्रीस नदीभन्दा करिब २५० मिटर टाढा पुगेको छ । सेनाले एक दिन पहिले आईएसद्वारा आश्रयस्थल बनाउँदै आएको एउटा अस्पताल परिसरलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

अल असादीले मोसुलमा आईएससँगको अन्तिम लडाईमा केही आत्मघाती बम हमलाको सामना गरिरहेको बताउँदै लडाई अझै सशक्त हुनसक्ने आँकलन गरिएको बताउनुभयो ।

इराकी सेनाले २०१६ को अक्टुबरमा इराकको दोस्रो ठूलो सहर मोसुललाई आईएसको नियन्त्रणबाट फिर्ता लिन सैन्य कारबाही सुरुगरी निरन्तर लड्दै आएको छ । रासस/एपी

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News