भद्रपुरमा नगरपालिकामा एमाले विजयी



भद्रपुर, असार २२

स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकामा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

प्रमुख श्रेष्ठले ११ हजार ४२ र उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेश पोखरेलले सात हजार २१५ तथा विजयी उपप्रमुख श्रेष्ठले १० हजार ६५० र उहाँका प्रतिद्वन्द्वी नेकाकी तारा भुर्तेलले छ हजार ४९८ मत प्राप्त गर्नुभयो ।

यसैगरी, भद्रपुर नगरपालिका वडा नं ९ र १० बाट नेकपा (एमाले) का अध्यक्ष क्रमशः टेकबहादुर खड्का (काजी) र सनिलाल राजवंशीसहित समूह नै विजयी भएका छन् ।

खड्काले एक हजार ५७८ र उहाँका प्रतिद्वन्द्वी नेकाका अमरबहादुर कार्कीले ८८२ तथा राजवंशीले एक हजार २०९ र उहाँका प्रतिद्वन्द्वी नेकाका राजेन्द्र रिजालले ९३४ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News