शाहरुखले सलमानलाई यसरी दिए महंगो ‘सरप्राइज’


 


मुम्बई
बलिउड अभिनेता सलमान खान र शाहरुख खानबीच अहिले मित्रता बढेको छ । कुनै समय यी दुई अभिनेता एक साथ देखिएका थिएनन् ।

अहिले शाहरुखले सलमान खानलाई एक महंगो गिफ्ट दिएका छन् । त्यो हो सुविधायुक्त लक्जरी कार । उनले यो कार फिल्मको ‘क्यामियो’ को लागि दिएका हुन् ।

शाहरुख आनन्द एल रायको फिल्ममा काम गरिरहेका छन् । यो फिल्मको एक गीतमा सलमान देखा परेका छन् । जब सलमान शाहरुखसंगै सुटिङ्गमा आए तब उनले यो कार दिएका हुन् ।

सलमान यो सरप्राइजबाट खुशी भएका छन् । सलमानले शाहरुखको गीतको लागि आफ्नो सुटिङ्ग स्थागित गरेका थिए । जब यो कुरा शाहरुखले थाहा पाए तब उनले सलमानलाई यस्तो सरप्राइज दिए ।

यसअघि शाहरुख सलमानको फिल्म ‘ट्यूबलाइट’ मा क्यामियो गर्दै देखा परेका थिए । सलमान आफ्नो फिल्म ‘टाइगर जिन्दा है’ को तयारीमा छन् ।

 

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्