एक पुरुष अाफ्नै कोठा अगाडि मृतावस्थामा फेला


 


पोखरा, असार २३

पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन/चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आफू सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएकोे वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

उनको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको वताइएको छ । रासस

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्