चीनमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु


 


गोन्जाउ, असार २३

चीनको दक्षिणी क्षेत्रमा पर्ने गौङडङ प्रान्तमा बिहीबार दिउसो भएको सडक दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ ।
द्रुत मार्गमा गलत दिशामा जाँदा दुर्घटनामा परेको गाडीमा रहेका मध्ये अन्य २५ जना घाइते भएका छन् ।

दुर्घटना भएका बेला बसमा ४४ जना यात्रु रहेका थिए । हुइझाउ शहर अन्तर्गतको लङमेनमा पर्ने दु्रतमार्गमा दिउसो एक बजेतिर दुर्घटना भएको हुईझाउका सरकारी अधिकारीहरुले जनाएका छन् ।

घाइतेहरुको सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । द्रुत मार्गलाई भने ट्राफिक प्रहरीले पुन संचालनमा ल्याएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्