करेन्ट लागेर २२ वर्षीय युवककाे मृत्यु



राजविराज, असार २४

सप्तरीको तिलाठी कैलाडी गाउँपालिका–७ मा गए राति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी २२ वर्षीय जीतेन यादव रहेको प्रहरीले जनाएको छ । आफ्नै गोठमा भैँसी बाँध्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News