छोराभन्दा आमा जवान !


 


yesto-pani1-526x330लन्डन/ बेलायतको लिड्स निवासी पामेला जैकबलाई देख्नेहरू भन्न सक्दैनन् कि यिनी २१ वर्षे छोराकी आमा हुन् भनेर । उनको शरीर देखेर मान्छेहरू भन्छन्, सायद, २५ वर्षकी होलिन् ।

तर, पामेलाको खास उमेर हो ५२ वर्ष । पामेला भन्छिन्, ‘कुनै वेला मान्छेहरू मलाई जवान केटी ठानेर जिस्क्याउँछन्, तर जब वास्तविक उमेर बताइदिन्छु चकित हुन्छन् ।’ वेलाबखत पामेला, छोरा मार्लेसँगै बाहिर घुम्न जान्छिन् ।

तर, देख्नेहरू भन्छन्– मार्ले पामेलाको ब्वायफ्रेन्ड हो । एकपटक यस्तै घटनाले पामेला सर्माउनुपरेको छ । पामेला यो मानेमा चाहिँ खुसी छिन् कि ५२ वर्षको भए पनि २५ वर्षे युवाहरू आफूलाई तरुनी नै देख्छन् ।

‘एक दिन रेलवे स्टेसनमा टिकट लिन लाइनमा थिएँ, टिकट दिने व्यक्तिले स्टुडेन्ट कार्ड माग्यो,’ पामेला सुनाउँछिन्, ‘उसले मलाई एक छात्राजस्तो ठानेछ ।’ अस्पतालमा जाँचेको रिपोर्ट लिने क्रममा पनि नर्सले ५२ वर्षको व्यक्तिको यो रिपोर्ट कसरी तपाईंलाई दिने भनेर प्रश्न गरेको पामेला बताउँछिन् ।

यी दुवै घटनामा उनले आफ्नो साँचो उमेर बताएपछि उनीहरू सर्माएको पामेला सुनाउँछिन् । ५२ वर्षको उमेरमा पनि पामेला २५ वर्षकी झैँ देखिने कसरी भइन् ? जवाफमा उनी बताउँछिन्, ‘हेल्दी डाइट, एक्सरसाइज र नरिवल तेलको प्रयोगले ।’

उनले हरेक हप्ता अनुहारमा बाफ लिने र दोस्रो दिन अनुहारको रेसा–रेसा सफा गर्ने र हरेक दिन बाहिर निस्किनुअघि सनस्क्रिन क्रिम लगाउने गरेको बताइन् ।

प्रकाशित मिति: २८ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्