नौ दिनदेखि महिला बेपत्ता, खोजी गरिदिन प्रहरीलार्इ श्रीमानको गुहार



पोखरा, असार २५

पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकबाट नौ दिनदेखि एक महिला बेपत्ता भएकी छिन्।

गत असार १६ गते दिउँसो कोठाबाट हिँडेकी ३४ वर्षीया पार्वती बराल आजसम्म पनि कोठामा नफर्केको उनका श्रीमान् यमप्रसाद बरालले जानकारी दिए।

महानगर–२२ पुम्दीभुम्दी घर भएका बराल परिवारले सो ठाउँमा रेस्टुराँ व्यवसाय गर्दै आएका र पार्वतीको चिनेजानेका र आफन्त सबैकहाँ सोधपुछ गर्दासमेत फेला नपरेको बताइएको छ।

श्रीमान् यमप्रसादले श्रीमतीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको बताए। पार्वतीले रेस्टुराँमा लेखाको काम गर्दै आएकी थिइन्। घरमा झैझगडा केही पनि नभएको यमप्रसादको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News