नेपाल–जापान हवाई उडानका लागि दुताबासले पहल गर्ने


 


जापान, असार २५
जपान र नेपालबीच सिधा हवाई उडानका लागि त्यहाँस्थित नेपाली दुताबासले पहल गर्ने भएको छ ।

नेपाल पर्यटन प्रबद्र्धनका लागि ट्राभल तथा टुरिजममा संलग्न जापनीज विजनेश हाउससंगको छलफलका क्रममा राजदुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र आचार्यले सिधा हवाई उडानका लागि पहल गर्ने बताएका हुन् ।

उनले नेपाल जापान हवाई उडान राजदुताबासको प्राथमिकतामा परेको जानकारी दिए । सो क्रममा हवाई उडान नहुँदा जापानी नागरिकलाई नेपाल पठाउन निकै समस्या हुने गरेको जापानी पर्यटन व्यवसायीहरुले गुनासो गरेका थिए।

कार्यक्रममा राजदुत प्रतिभा राणाले ट्राभल व्यवसायीहरुलाई नेपालका पर्यटकीय क्षेत्र लगायतको बारेमा जानकारी गराएकी थिइन् । उनले जापानी नागरिकलाई नेपाल भ्रमणका लागि अझै प्रोत्साहन गर्न आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति: २५ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्