कुकुरसंग यो कस्तो खुबी ! जसले स्कुलमा पायो ‘फुल टाइम जब’


 


एजेन्सी
इंग्ल्याण्डको एक स्कूलमा शोला नाम गरेको कुकुरलाई ‘फुल–टाइम’ नोकरी दिइएको छ । जो हरेक दिन विहानै स्टाफ मिटिङ्गमा पनि सहभागी हुने गरेको छ ।

मिटिङ्गपछि कुकुर विद्यार्थीहरुलाई भेट्ने गर्छ । परीक्षाको क्रममा विद्यार्थीको तनाब कम गर्नु नै कुकुरको मूख्य काम हो । कुकुरमा तनाबमा रहेको मानिसलाई पहिचान गर्ने खुबी छ ।

स्कूलका प्रिन्सिपलका अनुसार कुकुर आफ्नो काम जिम्मेवारीका साथ पूरा गरिरहेको छ ।

एक छात्रा परीक्षालाई लिएर धेरै डराइरहेकी थिइन्, तर कुकुरसंग भेट हुने वित्तिकै उनको तनाब कम भएको थियो । जसले गर्दा उनले खुशीका साथ परीक्षा दिइन् । कुकुर कक्षा कोठामा जो विद्यार्थी तनाबग्रस्त छ त्यही गएर बस्ने गर्छ ।

प्रकाशित मिति: २५ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्