योगी आदित्यनाथ माथि राखी सावंतले गरिन् हमला, मोदीलाई पनि प्रश्न


 


मुम्बर्इ
बलिउड अभिनेत्री राखी सावंतले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथमाथि धावा बोलेकी छन् । उनले योगीलाई आफू हिन्दू भनेर मुसलवान लगायत अन्य धर्मावलम्बीहरुलाई गाई भैसी खान बन्देज लगाउन नपाइने बताएकी छन् ।

उनले धम्क्याउँदै योगीलाई प्रश्न गरेकी छन्, ‘योगी जी हिन्दुको मात्र जय–जय चल्दैन, तपाई को हो र, मुसलमानलाई गाई भैसी खान बन्देज लगाउने ?’

आदित्यनाथ प्रवृतिमाथि प्रश्न चिन्ह लगाउँदै उनले थप भनेकी छन्, ‘थाहा छैन, तपाईले कति गाईलाई चारो खुवाएर सीएम बन्नुभयो, जबकि तपाईसंग कुर्सीमा बस्ने कुनै गुण नै छैन ।’

उनले प्रधानमन्त्री मोदीलाई पनि योगीमा के गुण देखेर उत्तरप्रदेशको सीएम बनाएको हो भनेर प्रश्न गरेकी छन् ।

प्रकाशित मिति: २६ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्