राहत पाउनुअघि नै द्वन्द्वपीडित गुरुङको निधन



रसुवा, असार २८

राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ ।

जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय रथबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको जिल्ला अस्पतालमा निधन भएको बताइएको छ ।

देश द्वन्द्वको समयमा तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएको बेला अचानक ज्वरो आई अस्पताल पुर्याइएको बताइएको छ ।

सोमबार आवेदन बुझाएका गुरुङले मङ्गलबार आफ्नो द्वन्द्वपीडितको परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा थियो । एक्कासी निधनको खबरले आफू र आफ्नो कार्यालय परिवारलाई दुःखित तुल्याएको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताउनुभयो ।

उपचारार्थ उहाँका दाजुभाइले अस्पताल पुर्याएलगत्तै स्वास्थ्य परीक्षण गर्ने क्रममै गुरुङको निधन भएको र उनको फोक्सो–कलेजोले काम गर्न छोडी अन्तिम क्षणमा भेटिएकाले बचाउन नसकिएको चिकित्सक गौतमले बताउनुभयो ।

स्व। गुरुङ विपन्न परिवारका व्यक्ति भएकाले उनका आश्रित परिवारलाई आर्थिक सहयोगको व्यवस्था गर्न सरोकारवाला निकायसमक्ष स्थानीय बासिन्दाले विनम्र आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News