रुससँगको संवादबारे ट्रम्पका छोराको इमेल श्रृंखला सार्वजनिक




अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका जेठा छोराले आफ्ना इमेल श्रृंखला सार्वजनिक गरेर पारदर्शी काम गरेको बताएका छन्।

इमेलमा उनले गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई स्वागत गरिएको छ।
राष्ट्रपतिले आफ्ना छोरालाई “उच्चकोटीका व्यक्ति” भनेका छन्।

इमेलमा ट्रम्प जुनियरलाई उनका पिताकी प्रतिस्पर्धी हिलरी क्लिन्टन लान्छित हुने औपचारिक दस्तावेज दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

‘दुखको कुरा’
रुसी वकिलले “संवेदनशील” सुचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा भनेका छन्, “यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ”।

इमेल प्रकरण बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको थियो।
अमेरिकी संसदको गुप्तचरी समितिका सबभन्दा बरिष्ठ सदस्य एडम शीफले इमेल प्रकरणको खुलासा असाध्यै महत्वपूर्ण र गम्भीर दुखको कुरा भएको बताएका छन्।

राष्ट्रपति ट्रम्पका ज्वाईँ जारेद कुशनर पनि बैठकमा सहभागी थिए।
इमेलहरुबाट रुसी सरकारले ट्रम्प अभियानलाई सूचना उपलब्ध गराउन चाहेको स्पष्ट भएको उनले बताए।
उनले राष्ट्रपतिको समूहले मस्कोसँगको सम्बन्ध अस्वीकार गरेको कुरालाई अब नयाँ पृष्ठभूमिमा हेरिनुपर्ने बताए।
शीफले भने गुप्तचरी समितिले रुसी अधिवक्तासँगको बैठक सम्बद्ध हरेकसँग कुरा गर्नुपर्ने हुन्छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News