बलिउडका नायक नायिकाले कति लिन्छन् पारिश्रमिक ?


 


एजेन्सी

बलिउड कलाकारले फिल्ममा काम गरेवापत कति पारिश्रमिक पाउँछन् भन्नेमा धेरैको चासो हुन्छ। कलाकारहरुले प्रायः आफ्नो फिल्म हिट भएपछि पारिश्रमिक बढाउने गरेका छन्।

तर, फेरि कुनै फिल्म फ्ल्प भए कम गरिहाल्ने भन्ने चाँहि हुँदैन। बलिउडमा अहिले छाएका कुन कलाकारले पारिश्रमिक कति लिन्छन् भन्ने यहाँ उल्लेख गरिएको छ।

रणवीर सिंह
बाजीराव मस्तानीअघि रणवीर सिंहलाई ५ करोडको हाराहारीमा पारिश्रमिक आउने गथ्र्यो । तर यो फिल्मपछि उनको आफ्नो पारिश्रमिक बढाएर दश करोड बनाएका छन् ।

वरुण धावन
वरुण धावनका आठ ओटा फिल्म प्रदर्शन भइसकेका छन् । कुनै पनि चलचित्रले नोक्सान पनि दिलाएका छैनन् । अहिले उनको पारिश्रमिक १० देखि १२ करोडसम्म रहेको छ ।

रणवीर कपूर
रणवीर कपूरका फिल्म फ्लप पनि भइरहन्छन् । तर उनको पारिश्रमिक भने २० देखि २५ करोडसम्म छ ।

ऋतिक रोशन
ऋतिक रोशनले धेरै फिल्म खेल्दैनन् तर उनले एउटा फिल्मबाट मात्र पनि ३० देखि ४० करोडसम्म पारिश्रमिक लिने गर्छन् ।

अक्षय कुमार
पारिश्रमिक धेरै लिने कलाकारमा अक्षय कुमार पनि पर्छन् । उनले एउटा फिल्मबाट मात्र ४० देखि ५० करोडसम्म लिन्छन् । त्यति मात्र होइन, उनले कुनै फिल्मबाट त फिल्मले कमाएको फाइदाको केही हिस्सा समेत लिने गर्छन् ।

आमिर खान
आमिर खानले चाहे भने उनले ५० देखि ६० करोडसम्म कमाउन सक्छन् । तर उनले भने फिल्ममा पारिश्रमिक लिने होइन, निर्माणमा नै हात हाल्ने गर्छन् ।

शाहरुख खान
शाहरुख खानको पनि पारिश्रमिक ४० देखि ४५ करोडसम्म पारिश्रमिक लिन्छन् । उनले पनि अहिले फिल्मको हिस्सा लिने गरेका छन् । कतिपय फिल्मले त एक सय करोडसम्म कमाउने गर्छन् ।

सलमान खान
सलमान खान पनि पछिल्लो समय आफैले फिल्म निर्माणमा जुट्ने गरेका छन् । यदि उनले पनि पारिश्रमिक लिने हो भने ६० करोडसम्म उनले पारिश्रमिक लिन सक्छन् ।

 

बलिउडका नायिकाले निर्धारण गरेको पारिश्रमिक कति ?

दिपिका पादुकोण – १५ करोड भारु

करिना कपुर – ९ करोड भारु

प्रियंका चोपडा – ९ करोड भारु

विद्या बालन – ७ करोड भारु

क्याट्रिना कैफ – ७ करोड भारु

अनुष्का शर्मा – ६ करोड भारु

सोनाक्षी सिन्हा – ६ करोड भारु

श्रद्धा कपूर – ५ करोड भारु

आलिया भट्ट – ३ करोड भारु

परिणीति चोपडा – ३ करोड भारु

कंगना रनावट – ३ करोड भारु

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्