करेन्ट लागेर एकको मृत्यु



मोरङ, असार ३०

मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित हात्तीमुढा चौक नजिकै बिहीबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–२ बस्ने सुरेन्द्र तोदीको खेतीमा मजदुरी काम गर्ने दुहबी नगरपालिका–६ बस्ने ५५ वर्षीय रामचन्द्र शर्माको मृत्यु भएको हो ।

शर्मालाई पानी खाने क्रममा तोदीको खाली जग्गामा रहेको कलमा जडान गरेको मोटरबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका शर्मालाई उपचारका लागी सामुदायिक अस्पताल दुहबी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News