हराइरहेकी महिलाको कङ्काल फेला



इलाम, असार ३०

तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ ।

चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कङ्काल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनको कङ्काल फेला परेको प्रहरीले जनाएको छ । मृतकको खोजीका लागि बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए ।

घाँस काट्न जानेले कङ्काल भेटेपछि इलाका प्रहरी कार्यालय मङ्गलबारेमा खबर गरेको प्रहरी निरीक्षक अम्बरबहादुर निरौलाले बताउनुभयो । मृतकले लगाएको कपडा र चप्पलबाट उनको पहिचान भएको समेत प्रनि निरौलाले बताउनुभयो ।

उनको हत्या भएको हो या आत्महत्या भएको हो भन्ने बिषयमा छानबिन भइरहेको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो । कङ्काललाई डिएनए परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News