अन्तरजातीय विवाह गर्ने सात जोडी सम्मानित



खोटाङ, असार  ३०

अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले सम्मान गरेको हो ।

दलित विकास मञ्चले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरोजकुमार विश्वकर्मा र ईश्वरी सुवेदीलार्इ सम्मान गरिएको छ ।

त्यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ गाउँपालिका–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र विश्वकर्मा र सुशिला मगर तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान गरेको छ ।

अन्तरजातीय विवाह गरेर समाजमा नमूना जोडीका रुपमा सङ्घर्ष गरिरहेका जोडीलाई सम्मानस्वरुप जिल्ला समन्वय समितिले एकमुष्ट रु २५ हजार प्रदान गरिएको मञ्चका अध्यक्ष मिलन चाहारले बताउनुभयो ।

यसैबीच, मञ्चले दलित समुदायबाट जनप्रतिनिधिका रुपमा निर्वाचित भएका ६२ जनालाई बधाई तथा शुभकामना दिएको छ । जिल्लामा दलित समुदायबाट निर्वाचित ९१ जना जनप्रतिनिधिमध्ये ६२ जनालाई बधाई तथा शुभकामना दिइएको मञ्चले जनाएको छ ।

दलित समुदायबाट नवनिर्वाचित जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिका संयोजक राजनकुमार बिसी लगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News