साउन १२ गते खुला मादल प्रतियोगिता हुने



पोखरा, असार ३१

नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ ।

स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार सहित ट्रफी, पदक र प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर ह्याल्मोले बताए ।

प्रतियोगितामा विधागत उत्कृष्ट मौलिकता, सिर्जनात्मक र लोपोन्मुख पौराणिकतालाई जनही रु पाँच हजारबाट समेत पुरस्कृत गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News