कोसीमा डुंगा डुब्यो, १६ जना बेपत्ता


 


राजविराज, असार २९

सुनसरीको प्रकाशपुर–५ स्थित कोसी नदीमा डुंगा डुब्दा १६ जना बेपत्ता भएका छन् । खोजीका लागि कोशी वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएका नेपाली सेना, आरक्षका कर्मचारी र प्रहरी जुटेका छन् ।

उनीहरु केही बेर अघि डुंगा पल्टिएको हो । डुंगा नदी पारी श्रीलंका टापु नाम गरेको गाउँ जादै गरेका थियो ।

डुंगामा सवारमध्ये ५ जना महिला रहेको प्रारम्भिक जानकारी प्राप्त भएको आरक्षका वार्डेन अमरनाथ बरालले बताए ।

यो पनि पढ्नुहोस्

डुंगामा सवार १३ जनाकाे उद्दार

प्रकाशित मिति: २९ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्